काठमाडौं : चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५र७६ का लागि १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.८९ प्रतिशत अर्थात् २ करोड २ लाख ६४ हजार २१।५३ रुपैयाँबराबर नगद लाभांश र ७ प्रतिशत अर्थात् १ करोड ३० लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि संस्थाले आगामी वार्षि साधारणसभाबाट पारित गर्दै आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेछ ।
हालै सार्वजनिक चौथो त्रैमास विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा खुद नाफा रु २।८२ करोड आर्जन गर्न सफल भएको थियो ।
जुन अघिल्लो आर्थिकको तुलनामा १७६ प्रतिशतले बढी हो ।
संस्थाको चुक्ता पुँजी रु। १८ करोड ६० लाख रहेको छ ।
