काठमाडौँ : नेपाली सेनाको मुख्यालयमा आज भाद्र २० गतेदेखि २३ गतेसम्म तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुरु भएको छ ।

 

बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहबीच उद्धघाटन गरेका हुन् ।
प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ ।

 

 

उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै लैजाने धारणा व्यक्त गर्नु भएको थियो ।

 

सम्बोधनको क्रममा उहाँले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण ईतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितीमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

 

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी श्री शरद कुमार गिरीले स्वागत मन्तव्य राख्नु हुदैं हाल नेपाली सेनाभित्र भईरहेका गतिविधीहरुबारे जानकारी गराउनु भएको थियो । समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

 

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने गहन तर्क र राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको सम्पूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version