काठमाडौं : सामाजिक सामुदायिक क्रियाकलापमा सक्रिय कृषि विकास बैंक लि.ले ललितपुरका स्थानीय गैरसरकारी संस्थालाई एक सय थान डस्टविन प्रदान गरेको छ ।

 

कृषि विकास बैंक लि.को क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सो डस्टविन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई प्रदान गरेका हुन ।

 

स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आफ्नो नगर÷टोल लाई सुरक्षित तथा सफा हराभरा बनाउने दायित्व स्वयं स्थानीयबासिन्दा पनि भएको उल्लेख गर्दै आफनो दायित्व पुरा गरी टोल, नगर सफा राख्न आग्रह गरे ।

 

नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाको चर्चा गर्दै उनले नेपालको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।

 

५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धीका लागि स्थापीत यस बैंकले आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र उनीहरुको क्षमता अभिबृद्धिका लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरु जस्ता सेवामुलक कार्यहरु गर्दै आएको उनले जानकारी दिए ।

 

यसैबीच कार्यक्रमका विशिष्ट अतिथि तथा महिला वातवरण संरक्षण समितिका अध्यक्ष विष्णु थकालिले वातावरण संरक्षण तथा सरसफाई गर्ने कार्य जीवन संगै निरन्तर चलिरहने प्रकृया भएकोले यस्ता कार्यक्रमले जनचेतनामा परिवर्तन गर्दै यसलाई अभियानका रुपमा संचालन गर्नु पर्ने बताए ।

 

विशिष्ठ अतिथि तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक करुणचन्द्र घिमिरेले बैंक केवल नाफा मुखी व्यवसाय मात्र नगरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने आश्वासन दिए ।

 

बैंकले संचालनमा ल्याएका सुविधाहरु( एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा समेत उनले जानकारी दिए ।

 

त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा वडा अध्यक्ष निर्मल तण्डुकारले यस्ता कार्यक्रमले टोल सफा राख्नमा महत्वपूणर््ा भूमिका निर्वाह गर्ने भन्दै बैंकलाई विशेष धन्यवाद दिए ।

 

उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका विभागीय प्रमुख ध्रुवचन्द्र गौतम, का.मु. विभागीय प्रमुख शंकर कुमार अर्याल, क्षेत्रिय कार्यालय काठमाडौका का.मु. निर्देशक अनिल यादव, का.मु. मुख्य शाखा प्रबन्धक माधव रिजाल, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, प्रबन्धकहरु राजेन्द्र रानाभाट, सुदन सिलवाल, राजु कार्की, खेटराज दाहाल, क्षेत्रिय कार्यालय काठमाडौका का.स. छगेन्द्र आचार्य लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version