काठमाडौं : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव बनेका छन्।
शुक्रबार अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिव चयन गरेको हो। विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर, उपाध्यक्षमा अजरबैजानका सांसद अफ्लातुन अमासोभ र कोषध्यक्षमा टर्कीका तामेर अताबारुत निर्वाचित भएका छन्।
कार्यवाहक अध्यक्ष श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफू महासचिवमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका हुन्।
Facebook Comments Box
