काठमाडौं : साउनमा आइपिओ निकालेको सबैको लघुवित्त वित्तीय संस्थाले एक महिनापछि नै १३% बोनस सेयरको घोषणा गरेको छ ।

कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो ।

यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिनेछ ।

सबैको लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो । आइपीओपछिको यो पहिलो लाभांश हो ।

यसर्थ, कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version