काठमाडौं : नेपाली बजारमा आज सुन तोलामा एकै दिन एघार सय रुपैैयाँले बृद्धि भएको छ ।

योसंगै आज सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ ।

 

सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बढेको सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ ।

 

चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version