विदुर : नुवाकोटको लिखु गाउँपालिका–६ मा फक्राउ परेका नेत्र विक्रम चन्द समूहका नुवाकोट जिल्ला सदस्य तथा युवा सङ्गठन नुवाकोटका उपाध्यक्ष रमन भन्ने प्रनिल पौडेललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ ।

 

नुवाकोट जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए ।

 

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ स्थित दशचर पेटारेमा गत महीनाको साउन १६ गते ऐनसेल कम्पनीको टावर क्षेत्रभित्र रहेको सोलार प्यानल तथा ब्याट्री बक्समा आगजानी गरेको आरोपमा प्रहरीले उनलाई विशेष सूचनाका आधारमा गत शुक्रबार पक्रेको थियो ।

 

 

उनी नुवाकोटको लिखु गाउँपालिका–६ स्थित बा ५८ प १३६२ नम्बरको मोटरसाइकलमा गइरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख काफ्ले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version