काठमाडौँ: दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले एक लाख रुपैंया पुरस्कार हातपारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप अन्तर्गत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरुलाई दराजले उनीहरुको चाहनाअनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ । १८ महिनाको सफलता पश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो ।
प्रतिष्पर्धामाकुल २२ कलेजहरु सहभागि भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरुले संयुक्तरुपमा १ लाख ७५ हजार रुपैंया नगद पुरस्कार पाएका थिए ।

८ वटा कलेजहरु ब्रिटिस कलेज, एस इन्स्टीच्युट अफ मेनेजमेन्ट, मेधावीकलेज, नेपाल कमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनल कलेज, कुसुम, इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेज फाइनल चरणमा पुगेका थिए ।

सबै कलेजका विद्यार्थीहरुलाई दराज पाकिस्तानसँग सम्बन्धित केस स्टडिमा प्रतिष्पर्धा गराइएको थियो । ग्राहकप्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो ।

प्रतियोगिताको निर्णयक टोलीमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. आर्हन स्थापितका साथै आउटरिजका प्रवन्धनिर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापक आसुतोष तिवारी जस्ताआद्योेगिक विज्ञहरुथिए ।

दराज नेपालले आगामी वर्ष देश भरका उत्कृठ कलेजहरुलाई सहभागि गराउँदै अझ ठूलो कार्यक्रम आयोजना गर्नेछ । दराज समुहले पाकिस्तान, म्यानमार, बंगलादेश, श्रीलंका र नेपालमा विभिन्न ब्राण्डका उत्पादनको बिक्रीबितरण गर्न अनलाइन प्लेटफर्म को भुमिका निर्वाह गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version