काठमाडौँ: नेपाल टेलिकमले संविधान दिवसका अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई विशेष सुविधा सहितको कार्यक्रम ल्याउने जनाएको छ ।
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो जनाएकी हुन।
प्रवक्ता बैद्यले जारी गरेको विज्ञप्तिमा टेलिकमले आफ्ना ग्राहको सुविधालाई ध्यानमा राखी संविधान दिवसका अवसरमा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना अघि सारेको बताएका छन ।
विज्ञप्तिमा भनिएको छ–‘यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।’
उक्त सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने बताइएको छ । उक्त योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्ने बताइएको छ ।
त्यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि उक्त सेवा प्राप्त गर्न सकिने विषयमा टेलिकमले प्रष्ट पारेको छ ।
