काठमाडौँ: पूँजी बजारमा आज मंगलबार पनि सुधार कायम रहेको छ । आज नेप्से परिसूचक ४ दशमलब ७७ अंकले बढेर १ हजार १९९ दशमलब २७ अंकमा उक्लेको छ । नेप्सेमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बढेको छ ।
आजको कारोबारमा उत्पादन तथा लघुवित्त बाहेक सबै समूह हरियो भएका छन् ।
सबै भन्दा बढी होटल समूहको परिशूचक ४९ दशमलब ४२ अंकले र निर्जीवन बिमा १९ दशमलब ८९ अंकले बढेको छ ।
आज नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४ हजार ३३ कारोबारबाट २९ करोड ४० लाख ८२ हजार ३४८ रुपैयाँ बराबरका ११ लाख ८९ हजार ६८९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १ दशमलब ३६ अंकले बढेर २५२ दशमलब ६८ अंकमा पुगेको छ ।
