काठमाडौँ: सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा कृषि विकास बैंकले माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपेको हो ।

उक्त कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई मण्डलाको संरक्षण र गार्डनको सरसफाई विगत केहि वर्ष देखि बैंक आफैले गर्दै आएको र हाल रोपीएका विरुवाहरुलाई पानी सिंचित गर्ने लगायतका संरक्षण सम्बन्धी प्रमुख दायित्व पनि कृषि विकास बैंक लि.कै हुने भएकोले विरुवाको संरक्षण र मण्डलाको सरसफाईमा विशेष ध्यान दिन उपाध्यायले निर्देशन दिए ।

सो कार्यक्रमका बैंकका का.मु.उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु प्रेम कुमार श्रेष्ठ, पप्पुबाबु , कृष्ण नकर्मि, प्रकाश कंडेल, निर्मलराज कोईराला, विना शर्मा, सरोज साह, बैंक प्रबक्ता हिमलाल पौडेल ,शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version