नवलपुर: नवलपुरको पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँचजनाको ज्यान गएको छ । कावासोती नगरपालिका–८ मा पर्ने उक्त राजमार्गमा राति सवा १० बजे ट्रक र कार ठोक्किँएको थियो। प्रहरीका अनुसार ज्यान गुमाउने सबै कारमा सवार रहेका छन् ।

खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतिर छुटेको गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाका लागि छुटेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते पाँचैजनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो। नवलपरासीको देवचुली–१ केउरेनीका ३५ वर्षे दिपक भनिने पूर्णबहादुर बिक, देवचुली–५ का दिलबहादुर ढेगाँ मगर तथा कैलालीका सुरज राना मगरको पहिचान भएको हो । अरु दुईजनाको पहिचान हुन बाँकी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version