काठमाडौँ: केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा बढी रहेको पाइएको छ । उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो ।

यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो ।

२०७६ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

२०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु , इन्धन तथा उर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ ।

२०७६ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १३.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १२.४१ प्रतिशत र ज्यालादर सूचकाङ्क १३.७२ प्रतिशतले बढेको छ

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version