काठमाडौँ: सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३.६३, होटल १३.४८ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.१७, विकास बैंक ४.७८, जलविद्युत् ९.७७, वित्त १.८६, निर्जीवन बीमा ३२.५२, उत्पादन १७.८८, अन्य ५.९४, लघुवित्त ७.८६ र जीवन बीमा ६४.८६ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सानिमा बैंकको शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १६ लाख ९४ हजार ३१४ मा खरीद बिक्री भएको छ । यस्तै, सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड १२ लाख ८८ हजार ८५२, शिवम सिमेन्ट रु एक करोड आठ हजार ५६३, प्रभु बैंक रु ७३ लाख २२ हजार ४७२, सिद्धार्थ बैंक रु ६१ लाख ७३ हजार ३५३ र नबिल बैंकको रु ६० लाख ६७ हजार ३९३ कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार खानीखोला हाइड्रोपावरका शेयरधनीले ८.१६ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ३.९८, विशाल बजार कम्पनी ३, श्री इन्भेस्टमेन्ट फाइनान्स २, प्रभु इन्स्योरेन्स कम्पनी २ र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले १.९८ प्रतिशतले कमाएका छन् । यस्तै, रैराङ हाइड्रोपावर ७.२७, कञ्चन डेभलपमेन्ट बैंक ४.९१, सिभिल लघुवित्त वित्तीयसंस्था ४.९०, तिनाऊ मिशन डेभलपमेन्ट बैंक ३.६५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ३.६३ प्रतिशतले गुमाएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version