काठमाडौं: आफ्नो कार्यकालमा काठमाडौँ-तराई/मधेस द्रुत मार्गको परियोजना प्रमुख रहेका बेला करोडौं कमाएको आरोप लागेका सेनाका दुई तारे पूर्व जर्नेल (उपरथी) योगेन्द्र खाँड एतिबेला फरार जस्तै भएका छन् ।

 

निजगढ–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक)को ठेक्कामा व्यापक अनियमितता गरेका तत्तकालिन इञ्जिनियरिङ्ग महाशाखा प्रमुख रहेका खाँडविरुद्ध सैनिक मुख्यालयले छानबिन शुरु गरेपछि एकाएक फरार भएका हुन्।

 

उनलाई पक्राउ गर्न सैनिक टोली खटिएपछि फरार भएका हुन्।

 

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा खाँड लगायत सैनिकमाथि छानबिन सुरु भएको हो ।

 

प्रधानसेनापतिपछिका सिनियर जर्नेल रथी शरद गिरीको नेतृत्व अनियमितताबारे छानबिन थालिएको हो । फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने र त्यसका लागि अन्तर्रा्ष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था छ ।

 

त्यो काम जंगी अड्डाले अगाडि बढाउने सुरसार गरिरहँदा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्क (जमिन सम्याउने काम) मा मात्रै पचासौं करोड घोटाला गरेको बताइन्छ ।

उनले बिना योजना लाखौं स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको समेत उजुरीमा छ ।

 

मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगेसँगै तलका कर्मचारीको बयानका आधारमा खाँणमात्र हैन, संलग्न जति सबैमाथि कारवाहीको सम्भावना छ ।

 

खाँडले गत असार १३ गते अवकाश पाएका थिए । प्रधानसेनापति थापाले गत बैशाखमा उनलाई फास्ट ट्रयाक हेर्ने जिम्मेवारीबाट हटाएका थिए ।

 

पछिल्लो समय प्रधानसेनापति थापाले भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियान चलाएका छन् । जसमा दर्जनौंको जागिर गइसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version