काठमाडौं : बुधबारकोे तुलनामा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेर ७१ हजार रुपैयाँमा झरेको हो ।
यस्तै, तेजाबी सुन पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ७० हजार ७ सय रुपैयाँमा आइपुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर तोलाको ८६५ रुपैयाँ पुगेको छ ।
यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिर्औस न्यूनतम १ हजार ५०३.२० डलरदेखि १ हजार ५११.१२ डलर सम्म कारोबार भइरहेको छ ।
Facebook Comments Box
