काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय समितिमा ११ सदस्य थपिने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदार नेतृत्वमा रहेको तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय समितिमा ल्याउने निर्णय गरेको केन्द्रीय समिति नवीन्द्रराज जोशीले जानकारी दिए ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा कांग्रेसमा समायोजन भएको फोरम लोकतान्त्रिकबाट थपिने नेताहरुको नाम भने कांग्रेस उपसभापतिसमेत रहेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले पेस गर्नेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
Facebook Comments Box
