काठमाडौँ: सिंगापुरमा जारी दोश्रो दिनको त्रिकोणात्मक सेरिजको पहिलो खेलमा कप्तान पारस खड्काको अविजित १०६ रनको सतकीय पारीसंगै नेपालले सिंगापुरलाई उसैको घरेलु मैदानमा ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
सिंगपुरले २० ओभरको खेलमा ३ विकेट गुमाउंदै १५१ रनको चुनौती पेश गरेकोमा कप्तान पारसले ५२ बलमा १०६ रनको सतकीय योगदानले नेपालको जित सुनिस्चित बनेको थियो।
उसलाई आरिफ सेखले दोश्रो नम्बरमा आएर ३९ रनको व्यक्तिगत योगदान दिएका थिए। नेपालले २४ रन बाँकी छान्दै खेल आफ्नो पक्षमा पारेको हो।
यस त्रिकोणात्मक सिरिजमा नेपालसहित आयोजक सिंगापुर र जिम्वावे रहेका छन्। अंक तालिका अनुसार जिम्वावे दुई खेल जित्दै पहिलो स्थानमा छ भने नेपाल दोश्रो र सिंगापुर तेस्रोमा छ ।
