अर्घाखाँची: कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले भारतबाट अनुमति विना ल्याइने विषादीमा कडाइ गर्ने बताउनुभएको छ ।

विश्व मुटु दिवसको अवसरमा लायन्स÷लियो क्लब अफ काठमाडौँ लर्ड बुद्धले सन्धिखर्क–५ बलेवाङमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विषादीले मानिसको शरीरमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोगलाई कम गर्दै लैजानुपर्ने बताउनुभयो ।

मन्त्री खनालले खानपिनमा ध्यान दिएमा धेरै रोगबाट बच्न सकिने भन्दै समय, समयमा स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो । “मानिसहरु अन्तिम अवस्थामा पुग्दा पनि मिर्गौला र क्यान्सरबाट ग्रसित भएको थाहा नपाएको धेरै घटना भेटिए” उहाँले भन्नुभयो, “हरेक छ, छ महीनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्छ ।”

मन्त्री खनालले प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादनलाई वृद्धि गर्न जोड दिँदै स्वस्थ जीवन जीउने उपायका बारेमा सचेत हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, सशस्त्र प्रहरी उपरीक्षक रत्न पोखरेल, लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका अध्यक्ष हरि अधिकारी, लायन्स क्लबका संस्थापक चार्टर अध्यक्ष विष्णु भण्डारी, लायन्स क्लब लुम्बिनीका अध्यक्ष पोमनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य विभाग प्रमुख कृष्ण घिमिरे लगायतले स्वस्थ्य जिवनका विविध क्षेत्रमाथि प्रकाश पार्नुभयो ।

शिविरमा रगत जाँच, पिसाब जाँच, भिडियो एक्सरे, खकार जाँच, प्रेसर जाँच, मुटुको जाँच, लगायतका सेवा प्रदान गरिएको छ । शिविरको पहिलो दिन करीब ५०० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा करीब एक हजार ५०० ले स्वास्थ्य परीक्षण गर्ने अनुमान गरिएकोे छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version