काठमाडौँ: घटना हो यही बैशाख २२ गतेको जुन ललितपुरस्थित नक्खु कारागारभित्र घटेको थियो। भक्त बहादुर सुनार जो सोहि कारागारमा थिए उनको उपचारको क्रममा रहस्यमय मृत्यु भएको थियो ।

कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा २० वर्षे कैद सजाय भुक्तान गरिरहेका बर्दिया ठाकुरद्वार–५ का ३२ वर्षीय सुनारको मृत्यु अस्वभाविक देखिएको थियो ।

गएको वैशाख १९ गते ज्वरो आउने तथा वान्ता हुने भएपछि वीर अस्पतालमा उपचारका लागि सुनारलाई लगिएको थियो । पछि एक्कासी ब्लडप्रेसर कम हुने भएपछि सुनारलाई आइसीयुमा राख्नुपर्ने भन्दै पाटन अस्पताल पुराइएको थियो । तर पाटन अस्पतालमा उपचारका क्रममा सुनारको वैशाख २२ गते मृत्यु भएको थियो ।

सुनारको मृत्युको कारण त्यतिबेला खुलेको थिएन । तर सुनारले कारागार सुधारको विषय उठाएर गृहमन्त्रीलाई सम्बोधन गरी पत्र लेखिएको पाइएपछि घटना रहस्यमय भन्दै छानबिन सुरु भएको थियो । प्रारम्भिक छानबिन कारगार व्यवस्थापन विभाग का निर्देशक कृष्ण प्रसाद अधिकारी आफैंले गरेपनि पछि यो छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीलाई) दिइएको थियो । त्यसपछि सिआइबीले आफ्नो अनुसन्धान सुरु गरेको थियो र अहिले आएर सत्य तत्थ्य बाहिर आएको हो ।

प्रहरीको अनुशन्धान अनुसार सोही कारागारमा रहेका प्रतिबादि अभिषेक राज सिंह लगायत तीन जनाले सुनारको सुनियोजित हत्या गरेको त्योपनि घेरा जडिबुटीबाट बनाइएको बिष सेवन गराई ।

बिष्तृत घटना विवरण यस्तो छ: –
नख्खु कारागार ललितपुरमा कर्तब्य ज्यान र जबर्जस्ति करणी मुद्धामा (२०बर्ष) कैद भुक्तान गरिरहेका जिल्ला बर्दिया साबिक ठाकुरद्धारा गा.बि.स. ५ बस्ने बर्ष ३२ को भक्त बहादुर सुनारलाई मिति २०७५/०१/१९ गते ज्वरो तथा बान्ताभई ब्लड प्रेसर कम भएको र ऐ.ऐ. २० गते बेलुका २०:०० बजेतिर सिरियस भइ उपचारार्थ बिर अस्पतालमा लगेकोमा एक दिन त्यहाँ उपचार गरी ICU मा राख्नु पर्ने भएकोले बिर अस्पतालमा बेड उपलब्ध नभएकोले ऐ.२१ गते बेलुका पाटन अस्पताल लगिएको र निजको उपचारको क्रममा २०७५/०१/२२ गते बिहान ०२:०० बजे मृत्यु भएको ।

अनुसन्धान गर्नुको आधार
मृतक भक्त बहादुर सुनारले माननीय गृहमन्त्रीज्युलाई सम्बोधन गरी कारागारको आन्तरिक प्रशासनमा हुने अनियमितता सम्बन्धमा लेखिएको पत्र फेला परेको र निजको उपचारको क्रममा मिति २०७५।०१।२२ गते अस्पतालमा मृत्यु भएको हुँदा घटना सहस्यमय देखिएकोले सो घटनाको छानबिनको लागी कारागार ब्यबस्थापन बिभागका निर्देशक कृष्ण प्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्यिय समिति गठन भएको । उक्त समितिले छानबिन पश्चात घटना गम्भिर प्रकृतिको भएको र कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान केन्द्रिय अनुसन्धान ब्युरो बाट हुनुपर्ने भनि राय सहितको प्रतिबेदन गृह मन्त्रिज्यु समक्ष पेश भए पश्चात गृह मन्त्रिज्युको निर्देशन अनुसार यस ब्युरो बाट अनुसन्धान शुरु भएको ।

अनुसन्धान पश्चात खुल्न आएका तथ्यहरु

• अभिषेक राज सिंहको मुख्य योजनामा बनस्पतिजन्य पदार्थको बिष तयार गरी भक्त बहारदुर सुनारलाई खाना समेतमा प्रयोग गरी हत्या गरी योजना बद्ध ढंगले जेल प्रशासन र आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो बर्चश्व स्थापित गर्नुको साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको ।
• अभिषेक राज सिंहले हत्याको योजना तथा बिष तयार र त्यसको प्रयोगमा मनोज कुमार चौरसिया समेतको सहयोग लिएको त्यसै गरी बिष बनाउन आबश्यक पर्ने बनस्पतिजन्य पदार्थ ध्रुबकृष्ण शर्माले जेल भित्र पुर्याउने कार्य गरेको खुल्न आएको ।

• मृतक भक्त बहादुर सुनारको साथमा भएको भनिएको कारागारमा हुने गरेको अनियमितता र निजमाथी भएको दुर्ब्यबहार सम्बन्धमा माननीय गृहमन्त्रीज्युलाई सम्बोधन गरी लेखिएको पत्र अभिषेक राज सिंहले भने बमोजिम ध्रुबकृष्ण शर्माले मृतक भक्त बहादुर सुनारले दाजुलाई दिन भनि अस्पतालमा आफुलाई दिएको थियो भनि मृतकको दाजुलाई दिन लगाएको । तर त्यो पत्र अभिषेक सिंहको योजनामा मृतक भक्त बहादुर सुनारलाई लेख्न लगाई निजलाई अस्पताल लैजानु अघिनै १९ गते ध्रुबकृष्ण शर्माले ललितपुरको एक साईबरबाट पत्र स्क्यान गरी गृह मन्त्रालयमा मेल गरी पठाएको खुल्न आएको ।
• अभिषेक राज सिंहले बिगतमा गरेका तीन वटा हत्या (सुर्खेत,भक्तपुर,जनकपुर जिल्लामा) र रुपन्देही जिल्लामा गरेको ज्यान मार्ने उद्योगमा समेत बिषादीको प्रयोग गरी घटना घटाएको पाईएको ।

प्रतिबादीहरु

१. अभिषेक राज सिंह ( मुख्य योजनाकार)
उमेर: ४० बर्ष
वतन : जिल्ला बाँके साविक नेपालगंञ्ज नगरपालिका वडा नं. २ हाल नेपालगञ्ज उप-मन.पा. वडा नं. ४ बाग्येश्वरी
सजायँ: भक्तपुर जिल्ला अदालतबाट ३५ बर्ष,सुर्खेत र जनकपुर जिल्ला अदालतबाट २०/२० बर्ष सजायँ तोकिएको ।

२. मनोज कुमार चौरसिया (सहयोगी)
उमेर : ३५ बर्ष
वतन: जिल्ला सप्तरी बैरवा गा.बि.स.वडा नं. ८ हालको बैरवा गाउपालिका वडा नं. ८
सजायँ: बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको बाणिज्य ईजलाशको आदेशले ५ बर्ष कैद रु. २८ करोड जरिवाना
३. ध्रुबकृष्ण शर्मा (सहयोगी)
उमेर :३० बर्ष
वतन : जिल्ला दोलखा बैतेश्वर गाउपालिका वडा नं. ६
सजाय भुक्तान : २०७२ साल कार्तिक १६ गेते भएको चोरी मुद्धामा ललितपुर जिल्ला अदालतको आदेशले ४५ दिन कैद र रु. २ लाख ४० हजार जरिवाना हुने फैसला भई २०७३।१०।१७ मा छुटेको ।

कानुनी कारबाही

ललितपुर परिसरमा दर्ता भएको मुद्धाको सक्कल मिसिल यस ब्युरोमा झिकाई अनुसन्धान पश्चात ३ (तिन) जना प्रतिबादीहरुलाई कर्तब्य ज्यान मुद्धामा राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version