काठमाडौँ: दशैँका लागि काठमाडौं उपत्यकामा पशु भित्रिन थालेका छन्। पशु क्वारेन्टाइन कार्यालयले उपलब्ध गराएको तथ्याङ अनुसार १४ हजार ५ सयको सङ्ख्यामा दशैंका लागि पशु भित्रिएको छ।

बाँके, बारा, नवलपरासी, नेपालगञ्ज र रौहट लगायतका जिल्लाबाट ६ सय २५ गोटा राँगाभैँसी भित्रिएको छ। त्यस्तै १ हजार ८१ गोटा खसीबोका भित्रिएको तथ्याङ्कले देखाएको छ। ती खसीबोका दाङ, पाल्पा, धादिङ, कैलाली, नवलपरासी र चिवतनबाट भित्रिएका हुन्।

तथ्याङ्क अनुसार चितवन, नवलपारासी, कैलाली, धादिङ र नुवाकोटबाट ११ हजार ३ सय गोटा कुखुरा भित्रिएका छन्।

९ हजार ८ सय १५ किलो माछा भित्रिएको तथ्याङ्कले देखाएको छ। ती माछा चितवन र कपिलवूस्तुबाट भित्रिएका हुन्।

त्यस्तै, चितवन, पोखरा र धादिङबाट ३ हजार ४० पेटी अण्डा, चितवनबाट हाँस र लौकाट क्रमशः ५ सय र २ सय ५० गोटा र सुर्खेत र मुस्ताङबाट ६ सय ७० गोटा च्याङ्ग्रा भित्रिए तथ्याङ्कले देखाएको छ।

यी बाहेक आज ४ हजार च्याङग्रा काठमाडौं भित्रिन लागको क्वारेन्टाइन उप–प्रमुख सम्झना कुमारी काफ्लेले जानकारी दिइन्। उनका अनुसार टिमुरे नाकाबाट आयात भएका च्याङ्ग्रा भने त्यहीँको बजारमा खपत हुने छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version