काठमाडौँ: दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

 

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिनुभयो । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताउनुभयो । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

 

उहाँका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । “समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्”, उहाँले भन्नुुभयो । उहाँले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा ¥याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिनुभयो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version