काठमाडौँ: नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालय सदस्यहरूले भेटवार्ता गर्ने भएका छन्।
आइतबार बिहान १०:३० बजेदेखि होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता हुने प्रचण्डको सचिवालयले जनाएको छ।
राष्ट्रपति सीले शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए। त्यसअघि शनिबार नै राष्ट्रपति सी शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।
