काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनपिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेका छन्।

आज बिहान राष्ट्रपति सीले सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन्। भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए।

उनले केहिबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने छन्। भेटवार्ताका लागि प्रधानमन्त्री ओली होटल सोल्टी क्राउन प्लाजा पुगिसेका छन्। आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी आजै मध्याह्न स्वदेश फर्कनेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version