काठमाडौँ: चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन राजकीय भ्रमण सकिएपछि नेपाल र चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्।

संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं जोड्ने सुरूङमार्ग बनाउने सम्झौता भएको उल्लेख गरिएको छ।

वक्तव्यको पाँच नम्बर बुँदामा भनिएको छ- दुई देशबीचको सुदृढ कनेक्टिभिटीको महत्व महशुस गर्दै केरूङ-काठमाडौं जोड्ने सुरूङमार्गको सम्भाव्यता अध्ययन गर्न सक्रियताका साथ सहकार्य गर्न दुबै देश सहमत भएका छन्।

सरकारले केरूङ-काठमाडौं जोड्न काठमाडौंको टोखादेखि छहरे र रसुवाको बेत्रावतीदेखि स्याप्रुवेंशीसम्म सुरूङ मार्ग बनाउने बताएको छ।

सुरूङ मार्ग बनाउन दुबै देशले संयुक्त निर्माण कम्पनी बनाउने समझदारी पनि गरेका छन्।

संयुक्त वक्तव्यमा केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ।

‘सन २०१८मा रेल्वे सहकार्यका लागि भएको एमओयूको स्मरण गर्दै दुबै देश आजै हस्ताक्षर भएको अर्को एमओयूअनुसार क्रस ब्रोडर रेल्वे लाइन निर्माणमा कोशेढुंगा हुने सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन्। काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाउन सहकार्य बढाउने विषयमा दुबै देशले प्रतिवद्धता दोहोर्‍याएका छन्,’ वक्तव्यमा भनिएको छ।

त्यस्तै स्वर्गीय नेता मदन भण्डारीको नाममा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न पनि दुई देश सहमत भएका छन्। नेपालको जलविद्युत क्षेत्रमा चिनियाँ लगानी बढाउने विषयमा पनि दुबै देशले सम्झौता गरेका थिए।

चिनियाँ पक्षले सिचुवान प्रान्तको राजधानी छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्न सहमति दिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version