काठमाडौँ: ७५६ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत आयोजनामा चिनियाँ कम्पनी पावर चाइना कन्स्ट्रक्सन कम्पनी भित्रिएको छ।

पावर चाइनाले नेपालको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडसँग मिलेर उक्त आयोजना बनाउने भएको हो।

लगानी बोर्डले अनुमति दिएपछि यी कम्पनीले आजै सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेका छन्। ऊर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा दुई कम्पनीबीच पहिलो सम्झौता भएको हो।

त्यस्तै, यी दुई कम्पनीले मादी जलशाययुक्त आयोजना बनाउने भएका छन्।

१५६ मेगावाटको यो आयोजना बनाउन दुवै कम्पनी छुट्टै कम्पनी बनाउन सहमत भएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version