काठमाडौँ: विश्व बैंकले नेपालको याे आर्थिक वर्षमा ६.४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। बजार मूल्यमा नेपालको अर्थतन्त्र सो बिन्दुले बृद्धि हुने बैंकले प्रक्षेपण गरेको हो।

दक्षिण एसियाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै बैंकले गएको वर्ष नेपालको बृद्धिदर बजार मूल्यमा ७.१ प्रतिशतले भएको र स्थिर मूल्यमा ६.७ प्रतिशतले भएको अनुमान गरेको छ।

दक्षिण एसिया क्षेत्रको समग्र अर्थतन्त्र गएको सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। औद्योगिक उत्पादन तथा आयातमा कमी तथा वित्तीय क्षेत्रमा आएका चुनौतिका कारण अर्थतन्त्र सुस्त भएको र यो सुधार हुने प्रष्ट सम्भावना नभएको बैंकले बताएको छ।

यो वर्ष नेपालको भन्दा भुटान तथा बंगलादेशको अर्थतन्त्रको बृद्धिदर तीब्र हुने छ।

गएको वर्ष भने नेपालको बृद्धिदर दक्षिण एसियामा दोस्रो थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version