काठमाडौँ: समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेका छन्।

उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए।

व्यवस्थापन पक्षले लापरबाही गरेका कारण यात्रुले दु:ख पाएको भन्दै उनी बुद्ध एयरका कर्मचारीसँग आक्रोशित बनेका थिए।

आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।

 

अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन्। तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाए।

 

घटना साधारण भएकाले साहलाई छोडिएको प्रहरीले जनाएको छ।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version