काठमाडौं: दशैंलगतै बढ्ने अपेक्षा गरिएको शेयर बजार अझै पनि सुधार हुन सकेको छैन। सोमबार शेयर बजार दोहोरो अंकले ओरालो झरेको छ। नेप्से परिसूचक १२ दशमलब ५ अंकले घटेर एक हजार एक सय ३६ दशमलब ९६ अंकमा कायम भएको छ ।
बजारमा तरलता अभाव हुँदा ठुला लगानीकर्ताहरु सँग पैसा कम हुँदै गएको छ।
१५४ कम्पनीको २१ करोड ८६ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ८ लाख ३३ हजार ७५३ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएकामध्ये म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । वाणिज्य बैंक समूह १३.४५ अंकले घटेको छ ।
कारोबार रकममा प्रभु बैंकले अग्रता कायम गरेको छ । यसको २ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी राधी विद्युत कम्पनीका लगानीकर्ताले ५.८४% का दरले कमाएका छन् । अधिकतम गुमाउनेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता छन् । यसको भाउ ६.४९% ले घटेको हो ।
