काठमाडौँ: गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ ।

भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ ।

बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो ।
कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने एनआरएन नेताहरुले बताएका छन् ।

उपाध्यक्षका लागि उम्मेद्वारी दिएका नरेन्द्र भाटले सबैको सहमतिमा म्यानुअल प्रविधिबाट मतदानको तयारी भइरहेको जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version