काठमाडौं: नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठ गोल्ड अवार्डद्वारा सम्मानित भएका छन् ।

 

अन्तराष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरल्याण्डद्वारा नेपालका फुल कन्ट्याक्ट विधामा श्रेष्ठ ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेशनल वक्र्स अफ मार्शल आर्ट्स–२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत भएका हुन् ।

सिहान श्रेष्ठलाई विश्व भरीका मार्सल आर्ट्स क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरुलाई विशिष्ट तहकोे अन्तर्रा्ष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो ।

 

उक्त अन्तर्रा्ष्ट्रिय अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघका अध्यक्ष डा.सोके हेइन्ज कोहनेन तथा अन्तर्राष्ट्रिय संयोजक पीएचडी हान्सी हर्वट इफोस्टरद्वारा सिहान अशोक कुमार श्रेष्ठलाई गोल्ड अवार्डको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अमेरिका, युरोप, एसिया लगायतका ३६ वटा राष्ट्रबाट प्रतिनिधीहरु सहभागी थिए।

 

उक्त कार्यक्रममा महासंघद्वारा मार्शल आर्ट्सको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विभिन्न देशका १८ जना विशिष्ट व्यक्तित्वहरुलाई विशिष्ट अवार्डका लागि मनोनयन गरिएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version