काठमाडौं: भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीमा बा।५ ख २०३४ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा बेवारिशे अवस्थामा रहेको पटाकाको बट्टा ५ थान, मुर्गा रकेट १० थान, फिरफिरे कलर १ बट्टा, अटोमेटिक रकेट १ प्याकेट, सुप्रिम कमाण्डो फल ९आलु बम० ३ प्याकेट, ग्राउण्ड चक्र १ प्याकेट र रेम्बो रकेट १ थान पटाका शुक्रबार साँझ प्रहरीले फेला पारी बरामद गरेको छ ।

 

महोत्तरी, औरही नगरपालिका(२ चेपकटबाट करिब ४० हजार रुपैयाँ मूल्य बराबरको क्लासिक बम ९५ पिस र कमाण्डो बम ४० पिस पटाका शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

 

प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले उक्त पटाका छाडी फरार भएका थिए ।

 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version