काठमाडौं : निजी क्षेत्रका लगानीकर्ताले काठमाडौं–हेटौंडा सुरुङ मार्ग बनाउन नसकेपछि प्रदेश ३ सरकारले नै यो सुरुङ मार्ग बनाउने तयारी सुरु गरेको छ ।

बहुचर्चित यस सुरुङ मार्गको काठमाडौं–हेटौंडा सडक खण्ड अन्तर्गत सहिलो चरणमा भीमफेदी–कुलेखानी खण्डमा सुरुङ खन्ने तयारी सुरु भएको छ ।

सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदनका लागि चालु आर्थिक वर्ष २०७५–७६ मा ५ करोड रुपैयाँ विनियोजन भएको छ। सुरुङ मार्ग आफैं बनाउन प्रदेश सरकारले प्राविधक तथा ठेकेदार कम्पनीहरुसँग समेत छलफल सुरु गरेको छ ।

यता, प्रदेश सरकारले निजी क्षेत्रले वर्षौ कुर्दा पनि सुरुङ मार्ग बनाउन नसकेको भन्दै सम्झौता खारेज गर्न गत भदौ ६ गते भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।

यसअघि नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले यो सुरुङ मार्ग बनाउने तयारी गरेको थियो । तर यस कम्पनीले ६ बित्दा पनि काम नै सुरु गर्न सकेन । यस कम्पनीले सुरुङ मार्ग बनाउन भनेर विभिन्न उद्यमीव्यवसायी र कम्पनीहरुसँग करोडौं रुपैयाँ उठाएको थियो ।

सुरुङ मार्गको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापन गर्न संयुक्त विकास सम्झौता भएको कम्पनीको दाबी छ। पावर चाइनाले परियोजनाको ९५% लगानी गर्ने सहमति भएको पूर्वाधार विकास कम्पनीको दाबी छ ।

यता, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भने यस कम्पनीसँग रुष्ट छन् । यो कम्पनीले बनाउने परियोजनामा सरकार ग्यारेन्टी बस्न नसक्ने समेत उनले बताएका छन् । यद्दपि, संघीय सरकारले अहिलेसम्म पूर्वाधार विकास कम्पनीलाई दिएको अनुमति भने खारेज गरिसकेको छैन ।

संस्थापक अध्यक्ष कुशकुमार जोशी, भवन भट्ट लगायतका लगानीकर्ता पूर्वाधार विकास कम्पनीमा छन् ।सरकारले निर्माण गर्ने सुरुङ मार्ग भीमफेदीबाट सिस्नेरीसम्म ३.५ किलोमिटर हुनेछ भने सिस्नेरीबाट बागमति दोभानसम्म ४ किलोमिटर सडक निर्माण गरी फास्ट ट्र्याकमा जोड्ने योजना अघि सारिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version