काठमाडौँ: इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको चन्द्रागिरि केबलकारको  भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको बताए ।

भ्रमणका क्रममा मुहम्दलेकम्पनीका अध्यक्ष  ढकाल तथा उनको समुहले निर्माण गरेको परियोजनाले देश विकासमा ठूलो भूमिका खेल्ने भन्दै नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेकोले परियोजना निर्माण तथा सफलताको शुभकामना ब्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version