काठमाडौँ: अमेरिका र क्यानाडाबाट नेपालमा पटकपटक गाँजा र चरेस भित्य्राउने दुई पाण्डे दाजुभाईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ।

 

प्रहरीले पक्राउ परेका राजेन्द्र प्रसाद पाण्डे र सुरेन्द्र प्रसाद पाण्डेले अमेरिका र क्यानडाबाट नेपालमा लामो समयदेखि लागूऔषध भित्राउने गरेको खुलेको हो।

 

प्रहरीले उनीहरुलाई विदेशबाट नेपाल नेपालमा लागूऔषध भित्र्याउने मुख्य योजनाकार तथा कारोबारी भएको पनि दावी गरेको छ।
उनीहरुले नेपालमा भिन्न अडियो म्युजिक सिस्टमभित्र फल्स बटन बनाउने सो लागूऔषध भित्र्याउने गरेको खुलेको ब्युरो प्रमुख दिनेश कुमार अमात्यले जानकारी दिए।

यस्तो छ लागूऔषधको धन्दा

१. विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समयदेखिको सूचना संकलन, बिश्लेषण एवं निगरानी पश्चात मिति २०७६।०७।०४ गते १७:०० बजे जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल न.पा. वडा नं. १० बस्ने बर्ष ३८ को अचुत त्रिपाठीले बोकिरहेको Audio Music System, का.जि.का.म.न.पा. १६ स्थित Delight होटलमा लगिरहेको अवस्थामा चेक जाँच गर्दा उक्त सामान भित्र लुकाउ छिपाउ गरी राखिएको १ के.जि.४०० ग्राम गाँजा सहित का.जि.म.न.पा.-९ गैरीगाँउबाट पक्राउ गरिएको छ ।

 

अनुसन्धानको क्रममा उक्त Audio Music System Fly Dubai Air को Air Cargo मार्फत भन्सार Clearance गरी CANADA हुदै काठमाण्डौ भित्र्याईएको खुल्न आएको छ ।

 

२. साथै उक्त कारोवारमा संलग्न Delight होटलका संचालक राजेन्द्र प्रसाद पाण्डेलाई मिति २०७६।०७।०४ गते तथा सुरेन्द्र पाण्डेलाई मिति २०७६।०७।०५ गते क्रमश: का.जि.का.म.न.पा. १६ पकनाजोल तथा पोखरा म.न.पा. वडा नं.६ लेकसाईडबाट पक्राउ गरिएको छ । Delight होटल खानतलासीको क्रममा Audio Music System थान एक भित्र लुकाउ छिपाउ गरी राखिएको ३ के.जि. गाँजा तथा उक्त होटलमा रहेको स्टोर रूमबाट ७ के.जि. चरेश समेत बरामद हुन आएको छ ।

३. Fly Dubai Air को Air Cargo द्वारा सुरेन्द्र पाण्डेको नाममा USA बाट पठाईएको Audio Music System लाई शंका लागी चेक जाँच गर्दा उक्त Audio Music System थान एक भित्र लुकाउ छिपाउ गरी राखिएको २ के.जि. गाँजा सहित त्रि.अ.बि. स्थित Cargo Complex को आयात तर्फको पारवहन गोदामबाट मिति २०७६।०७।०६ गते बरामद गरीएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version