काठमाडौँ: बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गरेका छन् ।
झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी प्रसाईँले भने, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”
उनले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताए ।
त्यसैगरी दुर्गा प्रसाईलाई पनि कारवाहीको माग गर्दै नेपाली काँग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगन भएको थियो । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गरे ।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले हिजो मंगलबार पदबाट राजिनामा दिएका थिए ।
