काठमाडौं : नेपाल बङ्गलादेश बैंकले गत आर्थिक २०७५ र ०७६ को लाभांश प्रस्ताव गरेको छ ।

कार्तिक १५ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर समेत ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

 

यसअनुसार बैंकले ४० करोड ४४ लाख १४ हजार ९६१ रुपैयाँ बराबरको बोनस र ५६ करोड ६१ लाख ८० हजार ९४५ रुपैयाँ नगद लाभांश गरि कूल ९७ करोड ५ लाख ९५ हजार ९०६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन्।

बैंकले अघिल्लो वर्ष १०।५३ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश दर भने बढाएको हो ।

 

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको थियो भने १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।

 

हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।

यसैबीच लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५ र ०७६ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कार्तिक १७ गते आइतबार बिहान ९ बजे सम्पन्न बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

 

यस अनुसार बैंकले हाल कायम पूँजी ८ अर्ब ९२ करोड ५लाख ९ हजार रुपैयाँको १० प्रतिशत अर्थात ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ रूपैयाँ बराबरको ८९ लाख २० हजार ५०८।६४ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

 

यस्तै बोनस शेयरमा लाग्ने कर सहित ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

 

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

 

अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले ८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version