काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ।
आइतबार बालुवाटारमा बसेको केन्द्रीय सचिवालयको बैठकले कास्कीसहित देशभर रिक्त निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ। भट्टराई पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन्।

सचिवालय बैठकले दाङ ३ (ख) प्रदेश सभा सदस्यका लागि विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ।

प्रदेशसभा सदस्य अन्तर्गत बाग्लुङ २ (ख)मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ।

यस्तै धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

अन्य नगरपालिका र गाउँपालिका स्तरका सबै उम्मेदवार छनोट प्रदेश कमिटीले गर्ने उनको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version