काठमाडौं  : बम उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको बयान शुरु भएको छ ।

 

जिल्ला अदालत रौतहटमा उनको सुरुवाती बयान भइरहेको छ ।

 

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले आलमको बयान शुरु भएको जानकारी दिएका छन ।

 

जिल्ला न्यायाधीश दीपक ढकालको इजलाशमा आलमको बयान शुरु भएको पराजुलीले जानकारी दिए ।

 

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

 

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी कसुरमा आजीवन काराबासको मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो ।

 

उक्त मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version