काठमाडौं: शेयर  बजारको घट्दो क्रमले बुधबार पनि निरन्तरता पाएको छ। पछिल्ला दिनमा थोरै थोरै अंकले शेयर बजार घटिरहेको छ।
बजारमा सुधारका संकेत देखा नपर्दा बजार बढ्दा तथा घट्दा थोरै विन्दुले उतार चढाव हुने गरेको छ। गत सोमबार बजार सुधार हुँदा झिनो विन्दुले सुधार भएको थियो।

दिन प्रतिदिन शेयर बजारमा लगानीकर्ताको सहभागिता घट्दै गएको छ। सहभागिता घट्दा कारोबार रकम २० करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ।

नेप्से सूचक १.४४ अंकले ओरालो झर्ने क्रममा ११३८.०२ अंकमा रोकिएको छ। तीन हजार ९८६ वटा कारोबार हुँदा ७ लाख ५० हजार कित्ताको मात्रै खरिद बिक्री भएको छ।

बुधबार १ सय ६० वटा कम्पनीको शेयर खरिद बिक्री हुँदा ४९ वटाको मूल्यमा सामान्य सुधार देखिए पनि ६९ वटाको घटेको छ। व्यापार, माइक्रोफाइनन्स, जीवन बीमा र म्युचुअल फण्डको सूचक बढेको छ।

सबैभन्दा धेरै प्रभु बैंकको चार करोड ३३ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै नविलको एक करोड रुपैयाँको कारोबार भएको छ।

साल्ट ट्रेडिङको अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। साल्ट ट्रेडिङका शेयरधनीहरुले बुधबार मात्रै प्रतिकित्ता ६५ रुपैयाँले कमाएका छन्। सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकका शेयरधनीहरुले गुमाएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version