काठमाडौँ: गत वर्ष नेपालमा मरिचको आयात अस्वाभाविक दरमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७४/७५ को प्रथम एघार महीनाको अवधिमा ६ अर्ब २५ करोड भन्दा बढीको मरिच आयात भएको छ ।
बिगतका केहि वर्षदेखि बार्षिक १ अर्ब ५० करोड भन्दा मुनि रहेको मरिचको आयात गत वर्षको एघार महिनामै झन्डै पाँच गुणाले आयात बढेको छ । गत वर्षको ११ महिनामा ६ अर्ब २५ करोड बराबरको १ करोड ५२ लाख किलोग्राम मरिच आयात भएको छ ।
आर्थिक वर्ष २०१२/१३ मा ९२ करोड बराबरको १४ लाख ७५ हजार किलोग्राम मरिच आयात भएकोमा आर्थिक वर्ष २०१३/१४ मा १ अर्ब ४६ करोड बराबरको २४ लाख २८ हजार किलोग्राम आयात भएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०१४/१५ मा ८९ करोड बराबरर्ब को ११ लाख ४१ हजार, आर्थिक वर्ष २०१५/१६ मा १ अर्ब ४९ करोड बराबरको १८ लाख २० हजार किलोग्राम र आर्थिक वर्ष २०१६/१७ मा १ अ४१ करोड बराबरको २० लाख ४३ हजार किलोग्राम मरिच नेपालमा आयात भएको थियो ।
नेपालमा खपत हुनेभन्दा उच्च दरमा मरिच आयात बढ्दै गर्दा नेपाली अर्थतन्त्रमा नकारात्मक असर गर्नु त छदै छ देशको व्यापार घाटा बढाउन ठुलो भूमिका खेलेको छ ।
यसरी देशमा माग भन्दा ठुलो मात्रमा मरिच आयात हुँदा नेपालमा सबैभन्दा बढी मरिच भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिच भारत, चिन, मलेशिया, थाईल्याण्ड, सिंगापुर लगायत देशबाट पनि आयात हुनेगरेको छ ।
मरिचको मुख्य आयातकर्ता डाबर नेपाल र चौधरी ग्रुप छन । अन्य आयातकर्तामा आधा दर्जनभन्दा बढी ट्रेडिङ कम्पनी छन् ।
समयमा सरकारले बिशेष ध्यान दिएर मरिच को आयातमा नियन्त्रण गर्नु टड्कारो आवश्यकता छ ।
