काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ ।

 

काठमाडौंको चाबहिलमा आज मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ ।

 

प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन किन डरायो, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए ।

गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो ।

 

मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरुले सरकारप्रति चर्को आक्रोश पोखे ।

 

भारतले केही दिन अघि मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालगायतका भूमी आफ्नो क्षेत्रमा समेटेको छ ।

 

भारतले जारी गरेको नयाँ नक्सालाई लिएर पछिल्लो समय देशभर विरोध प्रदर्शन भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version