काठमाडौ : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

 

आज बिहीबार पनि छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ ।

 

हिजो बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ नै बढेर ७१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ थियो ।

 

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ । सुनचाँदीको बजार भाउ भने अन्तराष्ट्रिय मूल्यका आधारमा कायम हुने गर्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version