काठमाडौं: चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलमा भेटवार्ता भएको छ । ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

 

भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेष जोड दिइएको बीबीसीले लेखेको छ । यसबारे दुई देशका अधिकारीहरुको संयुक्त बैठक बस्ने पनि भनिएको छ ।

 

उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन ।

 

सी र मोदीबीच पाँच वर्ष अगाडि पनि ब्राजिलमै भेटवार्ता भएको थियो । ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको मोदीले उल्लेख गरेका छन् । हालै सीले भारतको भ्रमण गरेका थिए । भारत हुँदै नेपाल आएका सी दुई दिन काठमाडौं बसेर स्वदेश फर्किएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version