काठमाडौँ : जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version