काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत साइद हम्दान मोहम्मद अल नाक्बीसँग आज भएको भेटवार्तामा युएईमा कार्यरत नेपालीको संरक्षण र वृत्ति विकासमा सहयोगका लागि राजदूतसँग आग्रह गरेका छन् ।

सुन तस्करीसम्बन्धी घटनामा गृह मन्त्रालयले गठन गरेको अनुसन्धान समितिलाई युएई सरकारका तर्फबाट गरिएको सहयोगका लागि तथा नेपालको विकास तथा नेपाली कामदारलाई रोजगारीको सिर्जना अवसर गरेर युएईले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटमा राजदूत नाक्बीले नेपालमा सुन तस्करीबारे गरिरहेको अनुसन्धानका क्रममा नेपालको आग्रहानुसार एक व्यक्तिलाई युएईमा पक्राउ गरिएको र उनलाई नेपाल पठाउने प्रक्रिया जारी रहेको गृहमन्त्रीलाई जानकारी दिए । उनले मानव तस्करी र अन्य किसिमका तस्करी रोक्नेबारे नेपाल र युएईबीच कुनै किसिमको सम्झौता नभएका कारण केही समस्या देखिएकाले नेपालले सो किसिमको सम्झौता गर्न चाहे युएई तयार रहेको प्रष्ट परे ।

भेटमा युएईका उपप्रधानमन्त्री तथा गृहमन्त्रीका तर्फबाट राजदूत नाक्बीले गृहमन्त्री थापालाई युएई भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version