काठमाडौं : काठमाडौं-तराई/मधेश द्रुतमार्गका प्राबिधिक सहायक रथी तथा आयोजना प्रमुख सरद लाल श्रेष्ठलाई आयोजना प्रमुखको जिम्मेवारीमा पुनर्बहाली गरिएको छ ।
द्रुत मार्ग आयोजना निर्माणका क्रममा अन्तर्राष्टिय परामर्शदाता छनौट गर्ने ठेक्का प्रक्रियाको कागजात ठेक्का आवेदन खोल्नु अघि नै सूचना चुहिएको आरोप लागेका श्रेष्ठसहित अन्य ६ जनालाई सैनिक मुख्यालयले सचेत गराउँदै उनीहरुलाई जिम्मेवारीबाट विमुख गराएको थियो ।
एक महिनाअघि गठन भएको छानबिन बोर्ड( कोर्ट अफ इन्क्वायरी बोर्ड) ले उनीहरु माथि लागेको आरोप प्रमाणित नभएपछि सचेत मात्रै गराउने निर्णय प्रधानसेनापतिको सचिवालयलाई सिफारीश गरेको थियो ।
सेनाले एक विज्ञप्ति जारी गरी श्रेष्ठलाई पूनर्वहाली गरेको जनाएको हो ।
साथै सेनाले यो आयोजना समयमा नै सक्ने दाबी गरेको छ ।
उक्त आयोजनाको नियमित निगरानी, मूल्यांकन तथा थप प्रभावकारी ब्यवस्थापनको लागि अत्याधुनिक प्रविधीहरु अर्थात ड्रोनको प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना सेनाको छ ।
