काठमाडौंः पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

 

सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो ।

 

 

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

 

होटलको साधारणसभा आगामी पुष २४ गते साधारणसभा हुँदैछ ।

 

साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) हुने भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version