काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएपछि अर्थमन्त्री युवराज खतिवडाले आज मंगलबार १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने खेलाडीलाई सम्बोधन गर्दैछन ।

 

आज विहान प्रधानमन्त्री ओली अस्पताल भर्ना भइ एपेन्डिसाइटिसको अपरेसन हुने भएपछि अर्थमन्त्री खतिवडाले खेलाडीको नाममो सम्बोधन गर्ने तयारी भएको हो ।

 

यसअघि प्रधानमन्त्रीले साग खेल्ने खेलाडीलाई शुभकामना दिने र प्रोत्साहन तथा पुरस्कारको घोषणा गर्ने तयारी भएको जानकारी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले भने, ‘सागको मुखैमा देशकै कार्यकारीले सम्बोधन गर्दा खेलाडीहरुको मनोबल बढ्ने आशा गरिएको छ। तर प्रधानमन्त्री अस्वस्थ भएपछि अर्थमन्त्रीले सम्बोधन गर्नुहुने भएको छ।’

 

प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिवल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version