काठमाडौं : सरकारले नेपाली महिला भलिबल टिमका सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ ।

 

आज मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले खेलाडीलाई ३ लाख र व्यवस्थापकलाई १ लाख प्रदान गरेका हुन्।

 

यसअघि बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।

 

सो टोलाीले राष्ट्रिय खेलकुद परिषद्ले ऐतिहासिक उपाधि जितेको भन्दै नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको थियो।

 

पुरस्कार वितरण गर्न यसअघि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भनिए पनि स्वास्थ्यमा समस्या भएपछि उनको सट्टामा अर्थमन्त्री खतिवडा उपस्थित भएका थिए।

 

कार्यक्रममा ओलीले १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा सहभागी खेलाडीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम थियो। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले खेलाडीलाई सम्बोधन गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version